‘चुनावका वेला नेताहरू खोक्रो गफ मात्रै लगाउनुहुन्छ, तर किसानलाई हेर्नुहुन्न । मल, बिउ कतिखेर दिने मतलब छैन । समय टरेपछि दिने १० किलो मलले के गर्ने ?’ शनिबार मल लिन स्थानीय पाखुरी चोक कृषि सहकारीमा लाइन बसेका भरतपुर– १३ चम्पानगरका किसान हरिप्रसाद तिमल्सिनाको प्रश्न हो यो ।
भोट माग्दै दलका उम्मेदवार मतदाताका घरदैलोमा चहार्दै गर्दा मतदाता भने १० किलो मलका लागि घन्टौँ सहकारीको दैलो कुर्न बाध्य छन् । चितवनका सबै सहकारीमा किसानको यस्तै भिड लाग्ने गरेको छ, जुन समस्या नयाँ होइन ।