घोषणापत्रभरि सिँचाइ र मलका कुरा, मतदातालाई मलकै सुर्ता [भिडियाेसहित]

शनिबार, १९ कार्तिक, २०७९
डिजिटल संस्करण

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति नजिकिएको छ। घोषणापत्रमा सिँचाइ र मल उपलब्ध गराउने प्रतिबद्धतासहित उम्मेदवारहरू मत माग्न घरदैलो र खेतबारीमा नै पुगिरहेका छन्।

तर, किसानलाई मलको चिन्ता भने उस्तै छ। धान खेतीको लागि आवश्यक मल हाल्न नपाएका उनीहरू आउँदो खेतीका लागि पनि मल अभाव हुने त्रासमा छन्। शनिबार भरतपुर १३ मा रहेको पाखुरीचोक कृषि सहकारी संस्थामा ३ सय बढी किसान नागरिकता लिएर मलको लाइनमा थिए।

सुझावित समाचार