कोमल र बालेनलाई आयोगले सोध्यो स्पष्टीकरण

शनिबार, १९ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आगोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र कोमल वलीलाई स्पष्टीकरण सोधेको छ। 

हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा मेयर साहको समेत सहयोग रहेको समाचार प्रकाशित भएपछि आयोगले बालेनलाई स्पष्टीकरण सोधेको हो। 

यस्तै, दाङ ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार कोमल वलीले विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ। 

वलीले शुक्रबार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माविको प्रांगणमा विद्यार्थीसँग भोट मागेकी थिइन्। 
 

सुझावित समाचार