सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

 सिबिआइएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेको कम्पनीले जनाएको छ । उनी यसअघि एनआइबिएल क्यापिटल मार्केट्समा सन् २०१३ देखि २०१५ सम्म उच्च व्यवस्थापनस्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लिमिटेडमा सन् २०१६ देखि २०२० सम्म र मेघा क्यापिटल मार्केट्स लिमिटेडमा सन् २०२० देखि २०२२ सम्म प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेको जनाइएको छ ।

श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको कम्पनीले जनाएको छ ।
 

सुझावित समाचार