नेपालमा हिमाल, पहाड र तराईको भूगोलअनुसार सडकहरू फरक–फरक तरिकाले निर्माण भएका छन्। भौगोलिक विविधता र सडकको फरक बनावटले नेपालको ड्राइभिङ अनुभवलाई चुनौतीपूर्ण र असाधारण बनाउँछ। नेपालका गाउँ, बस्ती र सहर फरक–फरक भूगोलमा रहेका कारण अफरोड ड्राइभिङ अनिवार्यजस्तै हुन्छ। अफरोडिङको अर्थ बालुवा, ग्राभेल, नदी किनार, हिलो, हिउँ, चट्टान वा अन्य प्राकृतिक सतहमा गाडी कुदाउनु हो, जब कि अन्य कुराहरू प्राविधिक बन्द सडकमा अफरोडिङ, क्रस–कन्ट्री, रक क्राउलिङ वा मड्डिङसँग जोडिन्छन्।
हिमाली भेगका मनोरम र सुन्दर डाँडाका कच्ची सडकमा गाडी चलाउँदा रोमाञ्चक मात्र नभई समकालीन सभ्यताभन्दा परको सुखद् अनुभव पनि गर्न पाइन्छ। अफरोड यात्रा नियमित रूपमा कार्यालय र घर आउजाउ गरेजस्तो हुँदैन। पछिल्लो समय धेरै अटो निर्माता कम्पनीहरुले अफरोडलक्षित सवारीसाधन निर्माण गरिरहेका छन्। यस्ता गाडीको माग पनि क्रमशः बढिरहेको छ। फलस्वरूप यिनको मूल्य, उपभोग र बिक्रीमा बढ्दो चाप देखिएको छ।
अफरोड ड्राइभिङ सवारीसाधन कस्तो छ भन्नेमा भर पर्छ। पहाडी उकालो–ओरालोमा हरेक गाडी र एसयुभी आरामदायी हुँदैनन्। तिनीहरूको बनावट उपयुक्त नहुन सक्छ। अटो निर्माता कम्पनीहरूले विशेष, गतिशील, सुविधासम्पन्न तथा खास विशेषतासहितका अफरोड गाडी बनाउने प्रयास जारी राखेका छन्।
अफरोड ड्राइभलाई लक्ष्य गरेर डिजाइन गरिएका सवारीसाधनको कार्यसम्पादन असाधारण हुन्छ। हामी यो सामग्रीमा नेपालको सडक र अफरोड दुवैका लागि उपयुक्त किया ब्रान्डका एसयुभीबारे चर्चा गर्दैछौँ। कियाले नेपालमा उपलब्ध गराएको तीन मोडेल– सेल्टोस, सोनेट र सारेन्टो हाइब्रिड– यहाँको कच्ची र पक्की दुवै सडकका लागि तुलनात्मक रूपमा बढी उपयुक्त छन्। यी प्रिमियम एसयुभीमा असाधारण सुविधा छन्।
किया सेल्टोस
सेल्टोसमा शक्तिशाली इन्जिन जडान गरिएको छ, जुन १४९७ सीसी र १३८.०८ बिएचपीसम्मका छन्। यसले अफरोडमा पनि २०.८ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिन्छ।
एचटिके, एचटिके प्लस, एचटिके प्लस आइएमटी, एचटिएक्स, एचटिएक्स आइभिटी, एचटिएक्स प्लस (डिजेल) र जिटिएक्स प्लस एटी (डिजेल) गरी सेल्टोसका सात भेरिएन्ट छन्। यी एसयुभीहरू २०२२ सालमा अरू एसयुभीमध्ये सर्वोकृष्ट मानिएका छन्। यसमा २६.०३ सेन्टिमिटर टचस्क्रिन र १७.७८ सेन्टिमिटर क्लस्टर, ३६०० डिग्री भ्यू, स्मार्ट २०.३२ सेन्टिमिटर हेड अप डिस्प्ले, भेन्टिलेटेड र पावर सिट, भाइरस र ब्याक्टेरियाबाट सुरक्षा दिने एयर प्युरिफायरलगायतका सुविधा उपलब्ध छन्।
सबै पांग्रामा डिस्क ब्रेक भएकाले यो एसयुभी सबैभन्दा सुरक्षित मानिन्छ। डिस्क ब्रेक प्रणालीले राइडरको लागि नियन्त्रण र ब्रेकिङको स्तरमा ठूलो सुधार ल्याउँछ। सबै प्रकारका सडकमा सवारीसाधनलाई नियन्त्रणमा राख्नु जरुरी छ। यसले यात्राभर स्थिरता र उच्चतम सुरक्षा प्रदान गर्दछ। यस एसयुभीमा हाइलाइन टाइम प्रेसर मनिटरले पांग्रामा भएको चापको अनुगमन गर्न अनुमति दिन्छ। सवारीसाधनको चक्काको नियन्त्रण गुमाउँदा हुने दुर्घटनाबाट पनि सुरक्षाको व्यवस्था छ।
यो गाडीमा ६ वटा एयरब्याग छ। यसले चालकलाई अतिरिक्त सुरक्षा दिन्छ। यो एसयुभीको मूल्य रु. ५० लाख ९० हजारबाट सुरु हुन्छ। किया सेल्टोस सिरिज ग्राभिटी ग्रे (खैरो), इन्टेन्स रेड (रातो), अरोरा ब्ल्याक पर्ल (कालो), ग्लेसियर ह्वाइट पियर (सेतो) र स्टिल सिल्भर (घिउ रंग) गरी सात कलर भेरियन्टमा उपलब्ध छ।
किया सोनेट
किया सोनेटमा अधिकतम १४९३ सिसीको टर्बो पेट्रोल इन्जिन छ। यसमा ६ स्पिड आइएमटी छ। यसमा १८.४ किलोमिटर प्रतिलिटरको माइलेज र ११८.३६ बिएचपी छ। ५ सिट क्षमताको किया सोनेट विभिन्न ६ भेरियन्टमा उपलब्ध छन्। ती एचटिई, एटिएक्स, एचटिएक्स प्लस एटी, जिटिएक्स प्लस र डिजेल हुन्।
सनरुफ र वायरलेस फोन चार्जर, टचस्क्रिन, फ्रन्ट भेन्टिलेटेड सिट, भाइरस सुरक्षासहित स्मार्ट एयर प्युरिफायर, मल्टी ड्राइभ मोड, ट्याक्सन मोड, एमटी रिमोट इन्जिन स्टार्टलगायतका प्राविधिक फिचरका साथ सोनेट एसयुभीले पक्की र कच्ची सडक दुवैमा आरामदायी तथा सुखद् यात्राको अनुभव दिन्छ।
इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसनसहितको एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र भेहिकल स्टेबिलिटी म्यानेजमेन्टलगायतका फिचर पनि यसमा छन्, जसले कियालाई सबै प्रकारको सडकमा कुदाउन मिल्ने बनाएको छ। किया सोनेटमा ६ वटासम्म एयरब्याज हुन्छ। नेपाली बजारमा यसको मूल्य रु. ३७ लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ । आकर्षक डिजाइनको सोनेट एसयुभी सिरिज आठवटा सुन्दर रंगमा उपलब्ध छन्।
सोरेन्टो हाइब्रिड
सोरेन्टो हाइब्रिडमा चार सिलिन्डर भएको १.६ लिटर टर्बोचाज्र्ड इन्जिन, हाइब्रिड प्रणाली र ६ स्पिड स्वचालित ट्रान्समिसन छ। किया सोरेन्टोलाई यसमा सुसज्जित भएको रिजेनेरेटिभ ब्रेकिङ सिस्टममार्फत एक हजार किलोमिटरभन्दा टाढासम्म पनि सजिलै चलाउनु मिल्छ। यस नयाँ प्रविधिले गर्दा यात्राभर चार्जिङ स्टेसनको आवश्यकता पर्दैन ।
गाडी गुडिरहँदा ब्याट्री आफैँ रिचार्ज हुन्छ। हाइब्रिडमा फ्रन्ट ह्विल ड्राइभको विकल्पका रूपमा अल ह्विल ड्राइभ छ। स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नोलगायतका ड्राइभ मोडहरू सोरेन्टो हाइब्रिडमा उपलब्ध छ। यसले चालकलाई विभिन्न किसिमका सडकमा अनुकूलनका लागि सहज बनाउँछ।
हाइब्रिड एसयुभीमा एडाप्टिभ क्रुज कन्ट्रोल, चालकलाई निद्रा लागेको निगरानी गर्ने सुविधा, रियर भिउ क्यामरा, पार्किङ सेन्सर, ब्लाइन्ड स्पट निगरानी, लेन असिस्ट, लेन डिपार्चर चेतावनी, अर्को गाडीसँग ठोक्क्नि लागेको खण्डमा चेतावनी, फर्वार्ड र रिभर्स अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, भेन्टिलेसनयुक्त तातोचिसो हुने विद्युतीय सिटलगायतले यसलाई उत्कृष्ट बनाएको छ।
नेपाली बजारमा किया सोरेन्टो हाइब्रिडको मूल्य रु. १ करोड ७९ लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ। किया सोरेन्टो हाइब्रिड रातो, निलो, सेतो, कालो र खैरो गरी पाँचवटा कलर भेरियन्टमा उपलब्ध छ।