गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयको चार्टर उडान सुरु

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान सुरु गरेको छ। काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो उडान गरेको हो।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयले पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने भए पनि एयरलाइन्सले यात्रुहरूलाई भैरहवाबाट उडाएको हो। एयरलाइन्सले यात्रुहरूलाई चारवटा गाडीमार्फत भैरहवा ल्याएको थियो।
 

सुझावित समाचार