प्रमुख निर्वाचन आयुक्तसँग जापानी राजदूतको भेट

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपालका लागि जापानका राजदूत किकुता युताका बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेका छन्। राजदूत युताकाले ४ मंसिरमा हुने संघीय र प्रादेशिक निर्वाचन सफलताका लागि शुभकामना दिएका छन्। 

उनले निर्वाचन शान्तिपूर्ण र लोकतान्त्रिक रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ। 

नेपालको समृद्धि र विकासका लागि लोकतन्त्रको प्रगति अपरिहार्य भएको भन्दै जापानी राजदूतले नेपालको प्रजातान्त्रिकीकरणमा जापानको सद्भाव रहिरहने विश्वास व्यक्त गरे। 
प्रमुख आयुक्त थपलियाले विगतमा निर्वाचनमा सहयोगका लागि जापान सरकारलाई आभार व्यक्त गरे। उनले निर्वाचनका लागि आयोग तयार रहेको पनि जानकारी दिएका छन्। 

सुझावित समाचार