आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसले प्रदेशस्तरीय मधेश प्रदेश परिचालन समिति गठन गरेको छ।
मधेश प्रदेश कांग्रेसका उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वको ३४ सदस्य निर्वाचन परिचालन समिति गठन गरिएको हो।
समितिको सदस्यमा प्रेमशंकर सिंह, राजेश गिरी, अर्चना चौधरी, किरणकुमारी शर्मा, उपेन्द्र जसवाल, सीताकुमार मैनाली र मो. अतिउर महमान छन्।
यस्तै, मनमाया तमाडनी, नितेश गुप्ता, रवीन्द्र कोइराला, सूर्यबहादुर थापा, अञ्जु झा, रामबाबु साह, सोनी बम्जन, धर्मलाल राय, मदनबहादुर विक, सुनील ठाकुर, रेखा यादवसहितका नेताहरू उक्त समितिको सदस्य रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।