अर्थतन्त्रलाई मुठीभरको कब्जाबाट रोक्ने गरी कसैको पनि घोषणापत्र आएन

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण
अर्थतन्त्रलाई मुठीभरको कब्जाबाट रोक्ने गरी कसैको पनि घोषणापत्र आएन

कृष्ण खनाल विश्लेषक

कृष्ण खनाल विश्लेषक

सबैजसो दलका घोषणापत्र कर्मकाण्डी छन् । देशले अहिले भोगिरहेको राजनीतिक, आर्थिक, सामाजिक समस्याको अन्तर्यमा घोषणापत्रहरू प्रवेशै गरेका छैनन् ।  बेथिति र गलत धन्दा रोक्नेबित्तिकै आर्थिक र सामाजिक क्रियाकलाप स्वतः बढ्छ ।

राज्यसत्ताको आर्थिक क्रियाकलापमा सीमित मुठीभर व्यक्तिले कब्जा जमाइरहेका छन् । त्यसलाई रोकेर अर्थतन्त्रको विकास गर्ने, रोजगारी बढाउने प्रतिबद्धतासहितका आधार कुनै पनि दलले दिन सकेका छैनन् ।

धेरै गरिरहनु नै पर्दैन, अहिलेको अवस्थामा आर्थिक विकासमा गलत उद्देश्यले राजनीतिक हस्तक्षेप नहुनेबित्तिकै पनि उत्पादन क्षमता बढ्छ, रोजगारीको अभिवृद्धि हुँदै जान्छ ।

पाँच वर्षमा २० लाख वा यति लाखलाई रोजगारी दिइनेछ भनेर मात्र हुँदैन, त्यसका आधार प्रस्ट अगाडि ल्याउन सक्नुपर्छ । घोषणापत्रमा अगाडि सारिएका विषयलाई कार्यान्वयनका लागि आधारहरू देखाउन सक्नुपर्छ । 

सुझावित समाचार