फ्रेन्च मिडफिल्डर पोग्बाले विश्वकप गुमाउने

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

फ्रेन्च मिडफिल्डर पउलो पोग्बाले कतार विश्वकप गुमाउने भएका छन् । पोग्बाका एजेन्ट राफाइला पिमेन्टाले विज्ञप्ति निकालेर उनले विश्वकप गुमाउने जनाएका हुन् । 

फ्रान्सले नोभेम्बर २२ मा अस्ट्रेलियासँग आफ्नो पहिलो खेल खेल्नेछ । यो समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।

युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दै आएका पोग्बा गत जुलाईयता घाइते छन् । २९ वर्षे पोग्बाको घुँडाको शल्यक्रिया सकिएको छ । तर, निको हुन अझै समय लाग्ने भएकाले उनले विश्वकप गुमाउने विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘पउल पोग्बाका लागि शल्यक्रियाबाट रिकभर हुन अझै केही समय चाहिन्छ । यो जानकारी गराउँदा धेरै पीडा भएको छ ।’ जारी सिजनको सुरुमै म्यानचेस्टर युनाइटेडबाट युभेन्टस आएका उनले चोटकै कारण सिरी एमा खेलेका छैनन् । 

गत जुलाईमा घुँडामा चोट लागेको भए पनि उनले विश्वकप खेल्नकै लागि भनेर तत्काल शल्यक्रिया नगर्ने निर्णय गरेका थिए । 

सुझावित समाचार