ब्राजिलको राष्ट्रपतिमा लुला निर्वाचित

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन्। देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९% र बोल्सोनारोले ४९.१% मत प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएको छ।

नवनिर्वाचित राष्ट्रपति लुलालाई विश्वका नेताहरूले बधाई दिएका छन् भने उहाँका प्रतिद्वन्द्वी बोल्सोनारोले सार्वजनिक रूपमा निर्वाचन स्वीकार गरिनसकेका नेता लुलाले बताए। यहाँ भएको विजय जुलुसमा समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले उक्त जानकारी दिए।

'आज एक मात्र विजेता ब्राजिलका जनता हुन्, राजनीतिक दल, व्यक्तिगत स्वार्थ र विचारधाराभन्दा माथि उठेर लोकतन्त्रको विजय होस् भन्ने हाम्रो चाहना नै लोकतान्त्रिक आन्दोलनको विजय हो,' उनले आफ्नो जितको श्रेय जनतालाई दिँदै विजय जुलुसमा भने। 

सुझावित समाचार