लोकआस्थाको महापर्व छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ। अर्घ दिन तयार पारिएको ठकुवा, भुस्वा, खजुरिया, झुप्पावाला केरा, उखुसहितका विभिन्न पूजा सामग्री लिएर मानिसहरू छठघाट पुगेका छन्।
.jpg'_'.2022-10-30.jpg)
दुलहीझैँ सजाइएको पोखरी, नदी र तलाउमा पूजा सामग्री राखिएको छ। सिराहाको दुर्गा पोखरी, राजदेवी, पञ्चमुखी हनुमानजी, गोरियारीसँगै कमला, बलान, मैनाबत्ती, खुट्टी नदीमा चहलपहल बढेको छ।
.jpg'_'.2022-10-30.jpg)
यता, जनकपुरधामको गंगासागर, धनुषसागर, वीरगन्जको घडिअर्वा, माईपोखरी, राजविराजको छिन्नमस्तामा पनि विशेष तयारी गरिएको छ।
.jpg'_'.2022-10-30.jpg)