लमजुङ कारागारमा एक कैदीको मृत्यु

आइतबार, १३ कार्तिक, २०७९
डिजिटल संस्करण

जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ। शनिबार राति २ बजेतिर कारागारमा अचानक बेहोस भएका कैदीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङका अनुसार मृत्यु हुनेमा जिल्लाको दूधपोखरी गाउँपालिका– १ का अन्दाजी ३६ वर्षीय  रोहनराज धिताल रहेका छन्। आपराधिक उपद्रव मुद्दामा ०७८ वैशाख १२ मा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले दुई वर्ष कैद बस्नुपर्ने फैसला गरेको थियो।

सुझावित समाचार