गोरखा अस्पतालका डाक्टरमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन्।
गोरखा नगरपालिका–९ का २८ वर्षीय समीर कुँवर, सोही ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोरखा नगरपालिका- ३ का २६ वर्षीय प्रमोदजंग कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सोमदास ढकालले बताए।
उनीहरूले गत कात्तिक ६ गते आइतबार दिउँसो साढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि हातपात गरेका थिए।
सोही घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले यथाशीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो।
निवेदनका आधारमा केही दिनदेखि फरार रहेका उनीहरूलाई आज पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको ढकालले जानकारी दिए।