बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

शुक्रबार, ११ कार्तिक, २०७९
डिजिटल संस्करण

बाराको पथलैयामा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा होमाकुमारी मगर छिन् । मोटरसाइकल चलाइरहेका उनका छोरा पुजन गम्भीर घाइते भएका छन् । उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

ना.७ख ५८०५ नम्बरको बस र बा.०३०४प८९७८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । 

सुझावित समाचार