राष्ट्रपतिले लगाइनन् भाइटीका

बिहिबार, १० कार्तिक, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको भाइटीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । माइतीतर्फ जुठो परेकाले यस वर्ष राष्ट्रपतिको भाइटीका नभएको राष्ट्रपति कार्यालयको भनाइ छ । 

यस वर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय सचिव शिव भट्टराईले जानकारी दिए । ‘राष्ट्रपतिले यस वर्ष दसैँमा पनि आमाको हातबाट टीका लगाउनुभएन,’ भट्टराईले भने, ‘जुठो परेकाले भाइटीका पनि भएन ।’

माइतीमा जुठो परेका कारण आमाले टीका लगाउन नभएपछि दसैँमा पुरोहितको हातबाट राष्ट्रपतिले टीका लगाएर सर्वसाधारणलाई लगाइदिएकी थिइन् ।

सुझावित समाचार