कैलालीमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ। कैलारी गाउँपालिका– ३ भर्रीटोलका बुथराम चौधरीकी ४५ वर्षीया श्रीमती विना चौधरीको धान थ्रेसरमा परेर सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार आफ्नै घरनजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी थ्रेसरमा बेरिएकाले विनाको मृत्यु भएको हो।