बर्दीयामा हात्तीको आक्रमणबाट एकको मृत्यु

शनिबार, ५ कार्तिक, २०७९
डिजिटल संस्करण

बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बतानुभयो।

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा पर्नुभएको थियो । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ।

सुझावित समाचार