खैरो हेरोइनसहित बर्दियाबाट एक पक्राउ

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

बर्दिया प्रहरीले लागुऔषध खैरो हेरोइनसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का मोहम्मद अर्मानलाई पक्राउ गरेको छ। उनलाई बर्दियामातहतको प्रहरी चौकीले  बढैयाताल गाउँपालिका– २ फुटाहबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट पाँच सय ग्राम खैरो हेराइन र ट्रामाडोलका ट्याब्लेट बरामद भएका छन्। उनी बरामद लागुऔषध भारतबाट लुकाई नेपाल ल्याउँदै थिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुझावित समाचार