गुणस्तरहीन वस्तु भन्नाले कस्ता वस्तु बुझिन्छ ?

अर्थ ज्ञान

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

लेबलमा उल्लेख गरिएकोभन्दा कम गुणस्तर भएको वा त्यस्तो वस्तुमा हुनुपर्ने आवश्यक तत्व वा पदार्थको परिमाण घटाइएको वा अर्काे कुनै पदार्थको मिसावट गरिएको । 

मानव स्वास्थ्यलाई हानि हुने गरी सडेको, गलेको, फोहोरमैला, विषादी मिश्रण गरी तयार गरिएको वा स्वास्थ्यलाई हानि हुने कुनै रसायन, रङ वा सुगन्ध प्रयोग गरिएको । वस्तुको केही वा सबै भाग कुनै रोगी वा रोगकारक पशु, पंक्षी वा हानिकारक वनस्पतिबाट बनाइएको । 

तोकिएको मापदण्ड पूरा नगरी उत्पादन, ढुवानी, सञ्चय, भण्डारण वा बिक्री गरिएको । उपभोग्य वस्तुको गुणस्तर तोकिएकोमा सोहीबमोजिम र नतोकिएकोमा उत्पादकले उल्लेख गरेबमोजिमको गुणस्तर नभएको । तोकिएको न्यूनतमभन्दा कम गुणस्तर वा अधिकतम गुणस्तर तोकिएकोमा त्यस्तो गुणस्तरभन्दा बढी भएको ।

सुझावित समाचार