ताप्लेजुङको मैवाखोलामा ट्रयाक्टर दुर्घटनामा हुँदा चारको मृत्यु

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको मैवाखोला गाउँपालिका– ४ स्थित याम्फेवा खोलानजिक गएराति ट्रयाक्टर दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ ।

५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेर मैवाखोला– ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टरचालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला– ४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।

उनका अनुसार उनीहरू सबैको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रयाक्टर सडकबाट करिब दुई सय मिटर तल झरेको छ ।  

अध्यक्ष वनेमका अनुसार ट्रयाक्टरचालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सबस्टेसनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुईजना  घरतर्फ फर्किने क्रममा ट्रयाक्टरमा सवार थिए।     

सुझावित समाचार