झिलिमिली बत्तीको मूल्य एक वर्षमै १० प्रतिशत बढ्यो, बजारमा अभाव

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण

तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो। 

महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासंघले बताएको छ। तिहार नजिकिएसँगै बजारमा तिहारकेन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ। 

फूल र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूको बिक्री तथा खरिद सुरु भएको छ। अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा सुरु भएको महासंघले जनाएको छ। 

महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमा समेत केही कमी आउने बताए। उनले आयातमा कमी तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतसम्म बढेको बताए। 

सुझावित समाचार