पुरुष कुस्तीमा सशस्त्रले हात पार्‍यो चार स्वर्ण

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको कुस्ती प्रतियोगिताको पुरुषतर्फ सशस्त्र प्रहरीले चार, मधेस प्रदेशले तीन तथा नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले एक–एक स्वर्ण पदक जितेका छन्।

पुरुषतर्फ ५७ केजी तौल समूहमा सशस्त्र प्रहरीका कुन्दन शाह, ६१ केजी तौल समूहमा मधेस प्रदेशका अमेशरकुमार यादव, ६५ केजी तौल समूहमा सशस्त्रका सुजित यादव, ७० केजी तौल समूहमा सशस्त्रकै उमेशकुमार ठाकुर  र ७४ केजी तौल समूहमा सेनाका सुरेश चुनाराले स्वर्ण पदक जितेका छन्।

त्यसैगरी, ७९ केजी तौल समूहमा सशस्त्रका बलिराम यादव, ८६ केजी तौल समूहमा मधेस प्रदेशका लालबहादुर यादव, ९२ केजी तौल समूहमा लुम्बिनीका रमेश गोतामे, ९७ केजी तौल समूहमा प्रहरीका सुमिर शाह र एक सय २५ केजी तौल समूहमा मधेसका राज यादवले स्वर्ण पदक जितेका छन्।

विजेताहरूलाई मंगलबार नै ट्रफी र पुरस्कार प्रदान गरिएको छ।

सुझावित समाचार