सेपाक्ताक्रोको तीनै विधामा सेनालाई स्वर्ण

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा जारी सेपाक्ताक्रो खेलको ६ वटा विधामध्ये तीनवटा विधाको फाइलन चरणका खेल सकिँदासम्म तीनवटै विधामा नेपाली सेनाले स्वर्ण पदक हात पारेको छ।

खेलकुदका मुख्य रेफ्री रामबहादुर थापाका अनुसार सेपाक्ताक्रोको डबल भेट्रान्स महिला, डबल भेट्रान्स पुरुष र महिला रेगुतर्फ गरी ३ वटै विधामा नेपाली सेना प्रथम भएको छ।

त्यसैगरी, पुरुष रेगुतर्फ पनि नेपाली सेना फाइनलमा पुगेको छ। पुरुष रेगुतर्फ गण्डकी प्रदेश पनि फाइनलमा पुगेको छ। तर, फाइन खेल भने कात्तिक २ गते गरिने मुख्य रेफ्री रामबहादुर थापाले बताए।

त्यसैगरी, महिला रेगुतर्फ गण्डकी प्रदेश दोस्रो र बागमती प्रदेश तेस्रो भएको छ भने डबल भेट्रान्स महिलातर्फ बागमती प्रदेश द्वितीय, गण्डकी प्रदेश तृतीय, डबल भेट्रान्स पुरुषतर्फ प्रदेश १ द्वितीय र बागमती प्रदेशको टिम तृतीय भएको छ।

सोमबारबाट सेपाक्ताक्राको क्वार्ड पुरुष र क्वार्ड महिलाको प्रथम चरणका खेलहरू सुरु भएका छन्। नवलपुरको कावासोतीमा कुस्ती प्रतियोगिता पनि भइरहेको छ। 

सुझावित समाचार