कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एक–दुई दिनमै सत्तागठबन्धनका तर्फबाट संयुक्त अपिल आउने बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि मतदातालाई सत्तागठबन्धनका तर्फबाट संयुक्त अपिल गर्ने जानकारी गराएका हुन्।
आसन्न निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा लोसपा सम्मिलित गठबन्धनले संयुक्त रूपमा निर्वाचनमा भाग दिने घोषणा गरेका छन्।