३ प्रश्न

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

निजी उद्योगहरूले धमाधम उत्पादन बढाइरहँदा सरकारी उद्योगहरू राम्ररी चल्न नसक्नुको कारण के होला ?
यसको प्रमुख कारण व्यवस्थापकीय अक्षमता हो । निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउन सरकारसँग कुनै विशेष रणनीति छैन । उद्योग सञ्चालनमा कच्चा पदार्थ, श्रमिक र बजारको उचित मूल्यांकन गर्नुपर्छ । मन्त्रालयले केही गर्न सकेको छैन । अहिलेको स्थितिमा सरकारको स्वामित्वबाट मुक्त हुन सके मात्र उद्योग चल्छन् भन्ने देखिन्छ ।

हाम्रो कानुनमा केही समस्या भएर पो हो कि ?
कानुनमा समस्या छैन । हामीसँग संस्थान ऐन र कम्पनी ऐन छन् । मन्त्रालयले चाहेमा तिनै कानुन कार्यान्वयन गर्न सक्छ । एकपटक कार्य सम्पादन करार गर्ने व्यवस्था आयो । तर, त्यो रीत मात्रै पुर्याउने खालको थियो । 

सरकारी उद्योग चलाउन के–के गर्न सकिन्छ त ?
पहिले त किन उद्योग चल्न सकेन भनेर अध्ययन गर्नुपर्छ । सरकारी स्वामित्वको उद्योग भएकाले अर्थ र उद्योग मन्त्रालयले कारण खोतल्नुपर्यो । कुनै उद्योग चल्नै सकेन भन्ने भयो भने निजीकरण गर्नुपर्छ । 

सुझावित समाचार