शताब्दी पुरुषलाई अन्तिम श्रद्धाञ्जली दिइँदै (फोटोफिचर)

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई अन्तिम श्रद्धाञ्जली दिनेहरूको भिड लागेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, ऊर्जामन्त्री पम्फा भुसाललगायतले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।  

ललितपुरमा रहेको किस्ट मेडिकल कलेजको प्रांगणमा सर्वसाधारण पुगिरहेका छन् । जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा  एक सय तीन वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा निधन भएको हो । 


सुझावित समाचार