रोस्नेफ्टको सम्पत्ति कब्जा गर्नु र रिफाइनरीलाई राज्यको नियन्त्रणमा राख्नुले समस्याको टुंगो लाग्दैन
गेजप्रोम अनुदान लिएको जर्मनीले आफ्नो देशमा रहेको रसियन रोस्नेफ्ट रिफाइनिङको स्वामित्व नियन्त्रणमा लिइसकेको छ । इयूले रसियन तेल र ग्यासमा लगाएको प्रतिबन्धको तीन महिना पहिले जर्मनीले ऊर्जा स्वतन्त्रता सुरक्षा अपनाउन नियन्त्रणमा लिएको हो ।
अहिले जर्मनीमा रहेको रसियन तेल रिफाइनरीको स्वामित्व मस्कोको नियन्त्रणभन्दा बाहिर छ । यस्तो अवस्थामा जर्मनीले मुख्य रिफाइनरी सञ्चालन गर्न कहाँबाट गैररसियन तेल लिन्छ भन्ने प्रश्न उठ्न थालेको छ । जर्मनीले मुख्य रसियन तेल रोस्नेफ्ट पी जेएससीको घरेलु उत्पादन बन्द गरेको छ । बर्लिनले आफ्नो अर्थतन्त्र पूर्ण रूपमा निरीक्षण गर्न अन्य तीनवटा तेल रिफाइनरी पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उद्धृत गरेका छन् । यसले औद्योगिक क्षेत्रको नियन्त्रण गरी आगामी विन्टरमा हुने संकटलाई कम गर्नेछ ।
आगामी केही महिना ऊर्जा स्वतन्त्रताका लागि महत्वपूर्ण पूर्वाधार संरक्षण गर्नुपर्ने स्कोल्ज सोसियल डेमोक्रेटकी कानुनी नेतृत्वकर्ता हुबर्टज्ले ब्लुमबर्गलाई बताएकी छिन् । उता, रोस्नेफ्टले पनि सिलबन्दीको प्रतिकार गर्दै यो काम अवैध भएको दाबी गरेको छ । उसका अनुसार रिफाइनिङ क्षमतामा ४.६ अर्ब डलर लगानी भएको छ । तर, कम्पनीका सेयरहोल्डरलाई बचाउन सम्भव भएका सबै वैधानिक बाटो अपनाउन नछोड्ने रसियन तेल प्लान्टको भनाइ छ ।
रोस्नेफ्ट जर्मनीले सञ्चालन गर्दै आएका अन्य तीन रिफाइनरीले देशको कुल रिफाइनरी क्षमतामा १२ प्रतिशतको योगदान गर्दै आएका छन्, जसमा बर्लिननजिकै रहेको पिसिके स्वेड्ट रिफाइनरी मुख्य हो । पोल्यान्डनजिकैको सिमानामा रहेको यो रिफाइनरी कम्पनीले बर्लिन ब्रान्डेनबर्ग क्षेत्रमा इन्धन आपूर्ति गर्छ । तर, रिफाइनरीले सम्भावना हुँदाहुँदै पनि उत्पादन रोकी यसका कर्मचारी कटौती गरेपछि थप समस्या सिर्जनासमेत भयो । कारण, उक्त क्षेत्रलाई चलायमान मानिन्छ । तर, यो स्थितिमा जर्मन चान्सलरले कामदारको पीडा सम्बोधन गर्न अस्वीकार गरेका छन् ।
रोस्नेफ्टलगायत जर्मनीले सञ्चालन गर्दै आएका अन्य तीन रिफाइनरीले देशको कुल रिफाइनरी क्षमतामा १२ प्रतिशतको योगदान गर्दै आएका छन्, जसमा बर्लिननजिकै रहेको पिसिके स्वेड्ट रिफाइनरी मुख्य हो
रोस्नेफ्टको सम्पत्ति कब्जा गर्नु र रिफाइनरीलाई राज्यको नियन्त्रणमा राख्नु राजनीतिक चाल मानिएको छ । यो चालले कटौती र बन्दजस्ता काम गर्नाका साथै सम्भावित समस्याबाट पनि जोगाउने अड्कल भइरहेका छन् । यद्यपि, यसले मुख्य समस्याको टुंगो भने लगाउनेछैन । त्यसो भए रसियन रिफाइन तेलको पूर्ति केले गर्छ ? यी रिफाइनरीलाई आवश्यक पर्ने तेल द्रुज्बा पाइपलाइनबाट आउँछ । यसरी आउने रसियन तेल युक्रेन हुँदै जर्मनी पुग्छ ।
विशेषगरी, यही तेल प्रशोधन गर्न प्रशोधन कम्पनी सञ्चालन गरिएका हुन् । तर, द्रुज्बा हुँदै जाने रसियन तेल इयूको तेल व्यापार निषेधअन्तर्गत नपरे पनि गत वर्ष जर्मनी र पोल्यान्डले उक्त तेल आयात बन्द गर्ने बताएका थिए । जर्मनीले सोचेझैँ पुनस्र्थापना गरिहाल्न त्यति सजिलो छैन । अबको सम्भावित काम भने द्रुज्बाको ठाउँमा बाल्तिक या पोल्यान्डबाट तेल लिने हुनेछ । यसलाई चान्सलर ओलफ स्कोल्जले रसियन सम्पत्ति जफत गरी पूर्ण गरेका छन् । यसमा एउटा विकल्प भनेको रसियन तेललाई प्रतिस्थापन गरी पोल्यान्डलाई बढीभन्दा बढी सप्लाई गर्नु हो ।
उता, पोलिस–जर्मनले पनि यो कार्य सम्भव भएको बताइरहेका छन् । खासमा, पोल्यान्डका लागि दान्स्क क्षेत्रमा पापइलाइन प्रयोग गरी द्रुज्बासँग गैररसियन तेलको सम्पर्क जोड्न असम्भव छैन । तर, वार्सका लागि एउटै समस्या भनेको उसले रोस्नेफ्ट स्वामित्वका रिफाइनरीमा गैररसियन तेल पठाउँदै आएको छ । यद्यपि, यसलाई त्यति महत्वपूर्ण विषयका रूपमा लिइएको छैन ।
त्यसो भए गैररसियन तेल कहाँबाट आउँछ ? : सम्भवतः अमेरिका वा काजखस्तानबाट आउँछ । यद्यपि, यो सम्भव हुन कठिन छ । काजखस्तानको प्रायजसो तेल क्षेत्र रसियाको भूभागमा छ । त्यसले मस्कोलाई युरोपभरका लागि थप मार्ग प्रशस्त गर्छ, जुन हालसालै मात्र पनि गरेको छ ।
अर्कोतिर, अमेरिकाले युरोपमा ठूलो परिमाणमा कच्चा तेल (क्रुड आयल) सप्लाई गर्ने रसियालाई ओभरटेक गर्न थालिसकेको छ । यस्तै, अर्को समस्याचाहिँ तेलको प्रकृति स्वयं हुनेछ । खर्चिलो सुधारविना स्वेड्टले अर्को तेल रिफाइनरी सञ्चालन गर्न सक्दैन । यस्तो अवस्थामा जर्मन चान्सलरले एक अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेका छन् ।
प्राकृतिक ग्यास : रोस्नेफ्ट युनिटको सिलबन्दीपछि ओलफ प्रशासनको योजना युनिपर एसई र दुई अन्य मुख्य ग्यास निर्यात कम्पनीलाई नियन्त्रणमा लिने छ । कारण, युनिपरले रसियन ग्यास प्रतिस्थापन गरी घरेलु उपयोगिता तथा उद्योगलाई आपूर्ति गर्ने क्रममा दैनिक १० करोड डलर गुमाइरहेको छ । एक महिनाअघि युरोपमा प्राकृतिक ग्यासको मूल्य चर्को थियो । जर्मनीको ग्यास भण्डारण सोचेअनुरूप नहुँदा दैनिक २१ प्रतिशतसम्म गिरावट आयो । बढ्दो गिरावटका कारण जर्मनीले केही राहत महसुस गरिरहेको छ । यद्यपि, कारोबार गत वर्षको भन्दा ६ गुणा बढी पुगेको छ । युरोप यतिवेला दशककै उच्च मुद्रास्फीतिका कारण मन्दीको मारमा छ । युरोपियन युनियनका देशहरूले संयुक्त रूपमा राहत प्याकेजस्वरूप दुई अर्ब ७८ करोड डलर जुटाइसकेका छन् ।
– ओइल प्राइस