निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि निर्धारित तीन निर्वाचन चिह्न हेरफेर गरेको छ। आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिह्न हेरफेर गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।
हाम्रो नेपाली पार्टीको चिह्न लौरो तथा स्वतन्त्र उम्मेदवारको डोजर र क्रस खुकुरी हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जनाएका छन्।
