कर्णालीका चार जिल्लाका विपत् प्रभावित क्षेत्र विपत् संकटग्रस्त घोषणा

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण
कर्णालीका चार जिल्लाका विपत् प्रभावित क्षेत्र विपत् संकटग्रस्त घोषणा

जुम्लाको सिँजामा बाढीपहिरोले क्षतिग्रस्त घरहरु । फाइल तस्बिर

सरकारले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालीकोटका विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यी क्षेत्र विपत् संकटग्रस्त क्षेत्र घोषणा भएको जानकारी दिए।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी थप जनधनको नोक्सानी हुन नदिन सरकारले यी क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

सुझावित समाचार