पहिरोमा नाैजना बेपत्ता

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

लगातारको अविरल वर्षापछि छायानाथ रारा नगरपालिका– ११ को सालिम गाउँमा पहिरो जाँदा नौजना बेपत्ता भएका छन्। 

घटनाको पूर्ण विवरण आउन सकेको छैन। रातिको समय भएकाले बेपत्ता भएकाहरूको खोजी हुन सकेको छैन भने लगातारको वर्षाका कारण सञ्चारसेवासमेत अवरुद्ध हुँदा थप विवरण प्राप्त हुन सकेको छैन। 

छायानाथ रारा नगरपालिका– ८ को झ्यारी गाउँमा पनि पहिरो गएको खबर छ। यहाँबाट पनि पूर्ण विवरण आउन सकेको छैन। पहिरोको उच्च जोखिममा रहेका कारण झ्यारीका अधिकांश विस्थापित भएका छन्। 

नगरपालिकाकै वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ वटा भेडा मरेका छन्। यहाँ लाखौँको धनमाल नष्ट भएको छ। पहिरोको उच्च जोखिम रहेको टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित भएका छन्। गमगढी बजारस्थित कालिका मालिका मन्दिरको दक्षिण क्षेत्रका १५-२० घर पहिरोको उच्च जोखिम छन्। 

सुझावित समाचार