रुस र क्राइमिया जोड्ने पुलमा विस्फोट

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

रुसले सन् २०१४ मा युक्रेनबाट आफूमा गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य पुलमा शक्तिशाली कारबम विस्फोट भएको मस्कोका अधिकारीले शनिबार जानकारी दिएका छन् ।

स्थानीय समयानुसार शनिबार बिहान ६ बजे क्राइमियालाई रुसको मुख्य भूमिसँग जोड्ने पुलको सडक ट्राफिकछेउ एक कारबम विस्फोट भएको रुसी समाचार एजेन्सीले जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण भएको र सन् २०१८ मा उद्घाटन गरिएको यो पुल युक्रेनमा रुसी सैनिक र सैन्य उपकरण आपूर्ति गर्ने एक प्रमुख मार्ग रहिआएको छ । रुसले यो घटनाको छानबिन गर्न एक समिति नै गठन गरेको छ । 

See More On

सुझावित समाचार