हतियार बुझाउन मनाङ प्रशासनको आग्रह

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय मनाङले आफूसँग भएको हातहतियार बुझाउन नागरिकलाई अनुरोध गरेको छ। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।

जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार निर्वाचनपश्चात् फिर्ता हुने गरी ०७९ कात्तिक ५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी एकाइमा बुझाउन हतियारधनीहरूलाई अनुरोध गरिएको हो। 

तोकिएको समयभित्र हातहतियार नबुझाएमा कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ।

See More On

सुझावित समाचार