खोलाले बगाउँदा ककनीमा दिदीको मृत्यु, भाइ बेपत्ता

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण
खोलाले बगाउँदा ककनीमा दिदीको मृत्यु, भाइ बेपत्ता

तस्बिर : श्याम नेपालको फेसबुकबाट

नुवाकोटको ककनी गाउँपालिका– २ सिउँडिनीनिवासी शिवराम घिमिरेका छोरा र छोरीलाई बाढीले बगाएको छ । शिवरामदम्पती र दुई छोराछोरी काठमाडौंको काभ्रेस्थलीस्थित ससुरालीमा दसैँको टीका लगाएर सिउँडिनी फर्किरहेका थिए ।

घर फर्किने क्रममा ककनी– १ स्थित ठूलोखोलाको मुख्य सडकमा आएको बाढीले घिमिरेको मोटरसाइकल ढल्किँदा मोटरसाइकलमा रहेका छोराछोरी खसे । जोडले आएको बाढीले दिदीभाइलाई बगाएर बेपत्ता बनाएको स्थानीय श्याम नेपालले जानकारी दिएका छन् ।  

खोजीकार्य गर्दा छोरी मृत अवस्था भेटिएकी छिन् भने  छोरा भेटिएका छैनन् । भित्तोमा ठूलो खाल्डो भएको र छेउतिरबाट चारजना जान गाह्रो हुने भएपछि शिवरामले श्रीमतीलाई भने परै झारेका थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । 

See More On

सुझावित समाचार