नारायणगढ-मुग्लिन सडक सञ्चालन

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण

पहिरो हटाएसँगै नारायणगढ-मुग्लिन  सडकखण्डमा यातायात सुचारु भएको छ । नारायणगढ-मुग्लिन  सडकखण्डको सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरो झरेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको थियो ।

लगातारको वर्षाले चितवनका दुई ठूला नदी नारायणी र राप्तीमा पानीको बहाव बढेको छ । खहरे खोला र साना नदीहरू पनि बढेका छन् । बुधबारदेखिको अविरल वर्षाले बाढी आउँदा दुवै नदीको जलस्तरले सतर्कताको तह पार गरेको छ ।

सुझावित समाचार