उत्तर कोरियाद्वारा जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार

मंगलबार, १८ असोज, २०७९
डिजिटल संस्करण
उत्तर कोरियाद्वारा जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार

फाइल तस्बिर

उत्तर कोरियाले उत्तरी जापानका केही भूभागमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। 

उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न निर्देशन दिएको छ। 

बिबिसीका अनुसार सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।

मिसाइल जापानबाट झन्डै तीन हजार किलोमिटर टाढा प्रशान्त महासागरमा खसेको बताइएको छ। 

जापानका प्रधानमन्त्री फुमियो किसिदाले यो प्रक्षेपणको निन्दा गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। 

सुझावित समाचार