गठबन्धन बैठकमा यादवको चेतावनी, नेपाल पनि असन्तुष्ट

सोमबार, १७ असोज, २०७९
डिजिटल संस्करण
गठबन्धन बैठकमा यादवको चेतावनी, नेपाल पनि असन्तुष्ट

फाइल तस्बिर

गठबन्धन बनाएर आगामी निर्वाचनमा उम्मेदवारी दिने सहमतिमा पुगेका सत्ता साझेदार दलहरुले आज पनि सिट बाँडफाँड टुंग्याउन सकेनन् । आज पनि कुरा नमिलेपछि उनीहरु भोलि बिहान ८ बजे पुनः बैठक बस्ने भएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बिहानदेखि चलेको छलफलमा पनि नेताहरु सहमतिमा पुग्न सकेनन् । बैठकमा सहभागी एक नेताका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई थोरै सिटमा सीमित गर्न लागिएको भए त्यो स्वीकार्य नहुने स्पष्ट अडान राख्दै त्यस्तो अवस्थामा गठबन्धनबाट बाहिरिने चेतावनी दिए । 

वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि थोरै सिट दिन लागिएको भन्दै असन्तुष्टि जनाएका थिए । 

नेताहरुले धेरैजसो जिल्लामा सिट बाँडफाँडमा मोटामोटी सहमति जुटि सके पनि बाँकी रहेका जिल्लामा सबैले आआफ्ना अडान नत्यागेको बताए । अडान कायमै रहँदा बैठकले सहमतिको मिलनबिन्दू पहिल्याउन नसकेको बताइएको छ ।

प्रतिनिधिसभाका सिटमा मात्र नभएर प्रदेश सभाका धेरै सिटमा दलहरुबीच सहमति जुट्न बाँकी छ । कतिपय ठाउँमा कांग्रेस र माओवादीले दावी छाडेका छैनन् भने कतिपयमा एस र जसपा पनि पछि हटेका छैनन् ।

सुझावित समाचार