बैतडीमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

सोमबार, १७ असोज, २०७९
डिजिटल संस्करण

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका– ४ बसालीनजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन्। 

घाइते हुनेमा अटोरिक्साचालक डिलासैनी गाउँपालिका– ६ का ३४ वर्षीय  धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया संगीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र  नौ वर्षीय जनक थलाल रहेका छन्।

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिए । 

गोकुलेश्वरबाट देहिमाडौंतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो। 

महाअष्टमीमा यात्रु आज  देहिमाडौैंस्थित निङ्लासैनी भगवती मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तीव्र गतिका कारण अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ। अटोरिक्सा सडकबाट पाँच सय मिटर तल खसेको थियो। 

सुझावित समाचार