माओवादी नेता छक्कबहादुर एमाले प्रवेश

सोमबार, १७ असोज, २०७९
डिजिटल संस्करण

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामालाई आज एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए । ओलीनिवास बालकोट पुगेर छक्कबहादुर एमाले प्रवेश गरेका हुन् ।

लामा गत निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । माओवादी नेता रहेका छक्कबहादुर तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा सहभागी भएका थिए । 

उनी माओवादीका उम्मेदवार छिमी दोर्जेलाई पराजित गर्दै निर्वाचित भएका थिए ।  टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारबाट पराजित भएको केहीपछि छिमी पार्टी परित्याग गरी यसअघि नै एमाले प्रवेश गरिसकेका छन् । 

सुझावित समाचार