हातहतियार बुझाउन निर्देशन

आइतबार, १६ असोज, २०७९
डिजिटल संस्करण

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए ।

हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता गरिनेछ । हातहतियार तोकिएको समयमा नबुझाए कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

सुझावित समाचार