कांग्रेसले आयाेगमा बुझायो संशोधित बन्दसूची

आइतबार, १६ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौं – समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर कांग्रेसभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ।विवाद सकिएपछि कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज आइतबार बसेको शीर्ष नेताहरूको बैठकले शेखर कोइराला पक्षलाई पनि सम्मानजनक स्थान दिने निर्णय गरेपछि विवाद समाप्त भएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिए। 

शेखर कोइराला पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफू पक्षका नेताको नाम निकै कम रहेको भन्दै विद्रोह गर्ने चेतावनी दिएपछि सभापति देउवा सूची सच्याउन तयार भएका थिए। 

कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति देउवाकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाणकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाण, प्रवक्ता प्रकाशशरण महत, पदाधिकारीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेता विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, अनील रुंगाटालगायतको नाम थियो।

सुझावित समाचार