सीमा सुरक्षा थप प्रभावकारी बनाउन दुई मुलुकका सुरक्षा अधिकारी सहमत

बिहिबार, १३ असोज, २०७९
डिजिटल संस्करण

नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन्। सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल(एसएसबी)जनाएको छ । 

सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजयलाल थाओसेनले बैठकको नेतृत्व गरेका थिए । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउने, दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्नेलगायत सहमति भएको छ ।

दुई सुरक्षा अधिकारीबीच भएको हस्ताक्षरमा सीमानाकामा ‘हेल्प डेस्क’ स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति पनि भएको सशस्त्र प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

सुझावित समाचार