कारबाहीमा परे दसैँको मौका छोपी बढी भाडा लिने सवारीसाधन

बुधबार, १२ असोज, २०७९
डिजिटल संस्करण

चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै लमजुङ प्रहरीले चारवटा सवारीसाधनलाई कारबाही गरेको छ। प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेँसीसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रणमा लिएको हो। 

माइक्रोबसको काठमाडौंबाट लमजुङका लागि ७ सय १० भाडादर कायम भएकोमा प्रतिव्यक्ति एक हजार लिएको र बसले ६ सय ५० भाडादर कायम भएकोमा प्रतिव्यक्ति एक हजार लिएकाले ३ वटा माइक्रोबस र एउटा बसलाई आवश्यक कारबाहीको लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ। 
 

सुझावित समाचार