आज दसैँको तेस्रो दिन : चन्द्रघन्टा देवीको पूजा गरी मनाइँदै

बुधबार, १२ असोज, २०७९
डिजिटल संस्करण

नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजाकोठामा नवदुर्गामध्येकी तेस्रो चन्द्रघन्टा देवीको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाको दिनबाट घरघरमा जमरा र घटस्थापना गरी सुरु भएको दसैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) सम्म मनाइन्छ ।

नवरात्रिभर घरमा दुर्गा देवीको पूजा, उपासना गरिन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद् देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठपारायण गर्ने गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचाैँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ ।
 

See More On

सुझावित समाचार