अञ्जनको \'ह्याट्रिक\' मा नेपालको सहज जित

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जित हात पारेको छ। 

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालका अञ्जन विष्टले तीन गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो। 

विष्टले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा निकै आक्रामक बनेको नेपालले दोस्रो हाफमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन। 

यस्तै, बंगलादेशका लागि खेलकाे ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गाेल फर्काएका थिए। 

सुझावित समाचार