नेपाली कांग्रेसले राजनीतिलाई ठीक ठाउँमा पुर्‍यायो : उद्योगमन्त्री बडू

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनको निम्ति गठबन्धन बनेको बताएका छन्। मंगलबार नेपाल निजामती कर्मचारी युनियनले बडादसैँ तथा शुभ दीपावलीलगायतका पर्वहरूको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्।

उनले तत्कालीन सत्तारुढ पार्टीले दुईपटक संसद् विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताए। मुलुकको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रेसलाई खोजेर मुलुकको नेतृत्व दिनुपरेको उनले बताए।

'खतराबाट बाँचेका छौँ हामी। यो संविधान बाँचेको छ। यसलाई अझ बचाउनुपर्छ। त्यसकारण बन्यो गठबन्धन। त्यसकारण यो बन्नुपर्ने भइराखेको छ। हामी त प्रतिपक्षमा छँदै थियौँ,' मन्त्री बडूले भने, 'हामीले हो र भत्काएको यो ? तर यो भत्किँदा मुलुकमा स्थिरताका लागि र संविधान खतरामा पर्यो है कहाँ छ कांग्रेस ? भनेर खोज्नुपरेन? फेरि लिड गर्यो। र, हामी बचाउँदै छौँ। हाम्रो नेतृत्वमा यो मुलुकको संघीय संसद्, प्रादेशिक संसद् तयार हुँदै छ। यो संविधान बाँच्छ। यो संविधान बचाउने लडाइँ र संविधान समाप्त गर्नेहरूको बीचको एउटा जनमत बन्न सक्छ।’
 
 

सुझावित समाचार