दोहोरो अंकले बढ्यो नेप्से

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

लगातार ओरालो लागेको सेयर बजार कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज १५.९२ अंकले बढेर एक हजार आठ सय ३१.०५ बिन्दुमा पुगेको छ।

नेप्से पढे पनि कारोबार रकममा भने सुधार संकेत देखिएको छैन। आज कुल दुई सय २९ कम्पनीका २१ लाख सात हजार सात सय ४२ कित्ता सेयर किनबेच हुँदा ६६ करोड ३० लाखबराबरको कारोबार भएको छ। 

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै कारोबार रिडी हाइड्रोले गरेको छ। 

यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भएको छ। होटेल र पर्यटन तथा म्युचुअल फन्डबाहेक सबै उपसमूह सकारात्मक देखिए।

सुझावित समाचार