काठमाडौं उपत्यकामा आजबाट खसीबोका परीक्षण हुने

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

नेपालीहरूको महान् चाड विजयादशमी नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । सरकारले आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको जनाएको छ । परीक्षणका लागि ५० जना पशु चिकित्सकको टोली खटिनेछ । परीक्षण कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारीलगायत क्षेत्रमा हुनेछ । 
 

सुझावित समाचार