सानिमा बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण

सानिमा बैंकले ग्राहकहरूको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । ग्राहक आफैँले नै खातामा रकम जम्मा गर्न सक्ने मेसिन बैंकले सञ्चालनमा ल्याएको हो । 

यस सुविधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास व्यक्त गरेको छ । हाल उक्त मेसिनबाट ग्राहकले पाँच सय रुपैयाँ र एक हजार रुपैयाँदरका एक लाखभन्दा कम नेपाली रुपैयाँ जम्मा गर्न सक्ने जनाइएको छ । रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्ने बैंकले जनाएको छ । हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय नक्सालमा रहेको बैंकले जानकारी दिएको छ । 

बैंकले हाल देशभरमा एक सय २७ कार्यालय र एक सय २० एटिएममार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार