मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

मंगलबार, ४ असोज, २०७९
डिजिटल संस्करण

हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का  वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी  भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

See More On

सुझावित समाचार